भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न

हाम्रो कम्युनिटीद्वारा आयोजित भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। ३५ बर्ष उमेर माथिका खेलाडीहरु लक्षित प्रतियोगिता गत सेप्टेम्बर २८ का दिन Caroline Springs Leisure Centre मा सम्पन्न भएको हो।

प्रतियोगितामा हाम्रो कम्युनिटी सहित हाम्रो वर्णमाला, एलाइट गोर्खा, क्र्यागिबर्न ब्रिगेड, क्रयानबर्न ज्ञानज्योती पाठशाला, एनसीटिसी भिक्टोरिया र गल्कोट समाज भिक्टोरिया गरी सात टीमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये फाइनलमा क्र्यागिबर्न ब्रिगेडलाई हराउँदै एलाइट गोर्खाले उपाधि जित्न सफल भयो।

प्रथम हुने एलाइट गोर्खा समूहलाई १ हजार ५ सय डलर, ट्रफी र मेडल तथा उपविजेता क्र्यागिबर्न ब्रिगेडलाई ७सय ५० डलर पुरस्कार, मेडलर ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा द्वारिका दवाडी बेस्ट स्पाइकर, खेम क्षेत्री बेस्ट प्लेयर र प्रकाश गुरुङले बेस्ट सेटरको उपाधि प्राप्त गरेका छन् ।

हाम्रो कम्युनिटीको चिनारी जस्तो बनिसकेको भलिबल प्रतियोगितामा संस्थाका वार्षिक प्रायोजकहरु अजि फाइनान्स एन्ड होम लोन्स, आइसीएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसनको तथा ८८४८ फेमिली मार्ट प्रायोजकका रुपमा रहेका थिए।

कार्यक्रममा एएनएमसीका अध्यक्ष गान्धी भट्टराई, गुल्मी समाज भिक्टोरियाका अध्यक्ष टंक कंडेल, गल्कोट समाज भिक्टोरियाका अध्यक्ष रमेश केसी, समाजसेवी गणेश अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलाडी समूहहरुको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष अध्यक्ष प्रकाश अर्यालले कार्यक्रम सफल पार्न साथ दिने स्पोन्सर तथा सहभागि सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यसप्रकारको साथसहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

https://www.facebook.com/permalink.php?story_fbid=511262748200991&id=100079518091650&ref=embed_post

Leave a Comment