तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

हाम्रो कम्युनिटीद्वारा आयोजित तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाली मौलिक कला संस्कृतिलाई यहाँको नेपाली समुदाय तथा आउँदो नयाँ पुस्ता माझ ल्याएर यसको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने हाम्रो संस्थाको लक्ष्य अनुरुप डम्फु र मादल सहितको तीज धमाका कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम अगस्ट ३१, शनिबारका दिन रक्डेल कम्युनिटी हलमा आयोजना गरिएको थियो। भिक्टोरिया राज्य सरकारले सहयोग गरेको यस कार्यक्रमका प्रायोजकका रुपमा हाम्रा वार्षिक प्रायोजक अस्सी फाइनान्स एण्ड होम लोन्स, आईसीएस एजुकेशन तथा माइग्रेसन र एटएटफोरएट फ्याम्ली मार्ट रहेका थिए।
कार्यक्रममा उल्लासपूर्ण सहभागिताले हामीलाई आगामी कार्यक्रमका लागि थप हौसला मिलेको छ। कार्यक्रमका सहभागी, प्रायोजक, सहयोगी लगायत सम्पूर्णप्रति हाम्रो कम्युनिटी आभार प्रकट गर्दछ।